देवदहमा कारको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु, चालक फरार

by समतल अनलाइन
37Shares

देवदह । रुपन्देहीको देवदह नगरपालिका–७ मिलनचोकमा कारको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय बुद्धिप्रसाद पोखरेल रहेका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले बाटोमा हिँडिरहेका पोखरेललाई ठक्कर दिएर फरार भएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई उपचारका लागि देवदह मेडिकल कलेज लगिएको थियो ।

तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएको कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You may also like