कपिलवस्तुको विजयनगरमा आगलागी: चार घरगोठ जले, पशुचौपाया मरे

by समतल अनलाइन
27Shares

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ नैरङियामा आगलागी हुँदा चारवटा घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा परी एउटा पशुचौपाया मरेको छ भने तीनवटा घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार, गएराति करिब ११ बजे लागेको आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागीको खबर पाएपछि कृष्णनगरबाट दमकल घटनास्थल पुगेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार, लामखुट्टे भगाउन धुवाँ निकाल्नका लागि बालिएको आगो सल्किएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
आगलागीबाट घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ। घटनाको विस्तृत विवरण, आगलागीको वास्तविक कारण र कुल क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

You may also like

This will close in 0 seconds