काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
कम्पनीका अनुसार पछिल्ला दुई विजेतासँगै अभियानअन्तर्गत स्कुटर तथा मोटरसाइकल जित्ने उपभोक्ताको संख्या पाँच पुगेको छ । हालसम्म तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर जितेका छन् ।
यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका थिए ।
बुटवलका ठोकरले पहिलोपटक यति ठूलो पुरस्कार जितेको बताएका छन् । कम्पनीका अनुसार उनले खरिद गरेको म्याक्स टाइगर इनर्जी ड्रिंकको एक क्यानबाटै स्कुटर जित्ने अवसर पाएका हुन् ।
दशैंको अवसर पारेर सञ्चालन गरिएको यस अभियानअन्तर्गत कुल १८ जनालाई यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनालाई यामाहा रे जेडआर स्कुटर प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्नेछन् ।
हालसम्म पाँच जना विजेता सार्वजनिक भइसकेकाले अब ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारका विजेता घोषणा हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानमार्फत उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिएको छ । दशैंलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानका उपभोक्ताको सहभागिता रहेको कम्पनीको भनाइ छ ।


