कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन

by समतल अनलाइन
47Shares

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ टिप्न जंगलतर्फ गएका थिए ।

लामो समयसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए ।

पछि सम्पर्क हुन नसकेपछि प्रहरीलाई जानकारी गराइएको हो । सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You may also like