बिहान नियमित हिंड्ने गर्नुहोस्, यस्ता छन धेरै हिँड्नुका ७ फाइदाहरु

by समतल अनलाइन
Shares

पछिल्लो समयमा मानिसहरुको दैनिक जिवन् निक्कै सोखिन् बन्दै गएको छ भने आधुनिक साधनको चरम प्रयोगले हामी दिनदिनै अल्छी बन्दै गएका छौँ।

सवारीसाधनमा हुइँकिने बानी परेका हामी कमै हिँड्ने गर्छौँ। हिँड्दा शरीरका विभिन्न अंगलाई अनेक किसिमले फाइदा पुग्ने गर्छ। विभिन्न अनुसन्धानमा पत्ता लागेका केही तथ्यहरु यसप्रकार छन्।

१ सातामा दुई घन्टा हिँड्नाले ब्रेन स्ट्रोकको जोखिम ३० प्रतिशत कम हुन्छ।

२ सातामा चार घन्टा हिँड्नाले हिप फ्र्याक्चर हुने जोखिम ४३ प्रतिशत कम हुन्छ।

३ सातामा तीनपटक ४०-४० मिनेट हिँड्ने गर्नाले दिमाग तेजिलो हुन्छ।

४ प्रतिदिन ३० मिनेट हिँड्नाले डिप्रेसन लाग्ने सम्भावना ३६ प्रतिशत कम हुन्छ।

५ हरेक दिन ३० देखि ६० मिनेट हिँड्ने मानिसलाई हृदयाघात हुने जोखिम कम हुन्छ।

६ मोटाइबाट वाक्क–दिक्क हुनुभएको छ र वजन कम गर्ने सोच्दै हुनुहुन्छ भने हरेक दिन एक घन्टा हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ।

७ हरेक साता ७५ मिनेट हिँड्ने मानिसको आयु न्यूनतम दुई वर्ष बढ्ने गर्छ।

You may also like

This will close in 0 seconds