मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज

by समतल अनलाइन
39Shares

काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १:३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

कार्यक्रमलाई नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

You may also like