48
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ९७ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मङ्गलबार एक तोला सुनको मूल्य दुई लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ९९०रुपैयाँमा कारोबार भएको थियो ।


