राष्ट्रिय दलका नेतृत्वसँग छलफल गर्न रविले डाके बैठक

by समतल अनलाइन
33Shares

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय दलका नेतृत्वसँग छलफल गर्ने गरी बैठक आह्वान गरेका छन् ।पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ ।

उनले सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रण अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूमा पठाइसकेको बताए ।

You may also like

This will close in 0 seconds