कपिलवस्तुमा स्विमिङ पुलमा डुबेर ८ वर्षीय बालकको मृत्यु

by समतल अनलाइन
69Shares

कपिलवस्तु।कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्ट को स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका ८ वर्षीय आवास चुदाली रहेका छन्। इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल का अनुसार स्विमिङ पुलमा डुबेका बालकको उद्धार गरी उपचारका लागि लगिए पनि उनको ज्यान बचाउन सकिएको थिएन।

घटनापछि पीडित परिवारले रिसोर्टको स्विमिङ पुलमा आवश्यक सुरक्षा मापदण्डको पालना नगरिएको आरोप लगाएका छन्। परिवारका अनुसार पुल क्षेत्रमा पर्याप्त सुरक्षा व्यवस्था, निगरानी तथा उद्धारका लागि आवश्यक जनशक्ति नहुँदा बालकले ज्यान गुमाउनुपरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै स्विमिङ पुलमा सुरक्षा मापदण्डको अवस्था र लापरवाही भए/नभएको विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ।

You may also like