संसद् अवरोधलाई सांसद खरेलको टिप्पणी– ‘हामी संसदीय तमासा देखाइरहेका छौँ’

by समतल अनलाइन
49Shares

काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलले संसद् अवरोध गरेर तमासा देखाएको टिप्पणी गरेका छन्। विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोज्दै सदनमा विरोध जारी राखेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘मलाई आज गहिरोसँग महसुस भयो आठवटा अध्यादेश सरकारले किन ल्याउनुपर्‍यो भनेर। संसद् यसै गरी चलेर विगत १० वर्षदेखि हामीले ७२ सालमा बनेको संविधान पछि जति ऐन र कानुनहरू संसद्ले बनाउनुपर्थ्यो, त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ। अहिले संसदीय तमासा हामीले देखाइरहेका छौँ।’

उनले जनताका सवालमा कानुन निर्माण गर्ने सवालमा सत्ता पक्ष र प्रतिपक्ष, विपक्षी दलहरू त्यही रूपमा जबाफदेही र जिम्मेवार बन्नुपर्ने बताए।

You may also like