मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

by समतल अनलाइन
31Shares

पर्सा । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय प्रेम कुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१२ दिलबन्धु पेट्रोलपम्पस्थित पार्किङ गरी राखेको म.प्र.०३-०३३ प ८५१७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You may also like