एन प्याब्सन सिङ्गिङ स्टार रुपन्देहिको उपाधी प्रशन्न केसिलाई

by समतल अनलाइन
462Shares

झबिन्द्र देवकोटा
बुटवल, २४ सावन । बुटवलमा भएको जिल्ला स्तरीय एन प्याब्सन सिङ्गिङ स्टार सिजन दुई प्रतियोगिताको उपाधी बुटवलकी प्रशन्न केसिले जितेकी छन । रुपन्देहीका दुई दर्जन संस्थागत विद्यालयका प्रतिस्प्रधी सहभागीहरुलाई पछि पार्दै मुनाल बोर्डिङ स्कुल बुटवलकि विद्यार्थी केसिले उपाधी उचालेकी हुन ।

केसिले उपाधी सहित ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेकी छन । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोशियसन नेपाल एन प्याब्सन रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा न्यु लुम्बिनी बोर्डिङ स्कुल खैरेनीकी रेनुका सुनार द्वितीय, न्यु नमुना बोर्डिङ स्कुलका सन्दीप राना तृतिय तथा ग्लोरी स्कुल बुटवलका सृष्टि दर्नालले सान्त्वना स्थान हासिल गरेका छन । उनीहरुले जनही क्रमस नगद चार हजार, तीन हजार र दुई हजार प्राप्त गरेका छन । यस्तै प्रतियोगितामा गुरुकुल एकेडेमीका विद्यार्थी सदिक्षा पण्डेले प्रोत्साहन पुरस्कार पाएकी थिईन । बिजयी प्रतिस्पर्धी विद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले दवाब मुखी नभैइ सहज र सरलमुखी शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

एन प्याब्सन रुपन्देहिका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य कृष्णप्रसाद पौडेल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, एन प्याब्सन प्रदेश उपाध्यक्ष बिष्णु पौडेल, रुपन्देही उपाध्यक्ष तिलब केसी, कलाकार नारायण थापा, बसन्त श्रेष्ठ, कार्यक्रम संयोजक बालाकृष्ण तिवारी, सचिब जेबि क्षेत्री लगायतले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि गायन, नृत्य लगायतका प्रतियोगिताहरु निरन्तर हुन जरुरी रहेको बताए । प्रतियोगितामा सहभागीहरुले नेपाली आधुनिक, लोक तथा चलचित्रका गित गाएका थिए ।

Comments

You may also like

This will close in 0 seconds