80
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गोरकट्टा क्षेत्रमा तिनाउ नदीमा शव फेला परेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार केही समयअघि नदीमा शव फेला परेको जानकारी प्राप्त भएको हो।
बिहीबार साँझ करिब ६ बजेको समयमा बुटवल–११ स्थित देवीनगर र बुद्धनगर जोड्ने तिनाउ पुलबाट एक पुरुषले नदीमा हाम फालेर बेपत्ता भएका थिए। त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
फेला परेको शव ती व्यक्तिकै हो वा होइन भन्ने विषयमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

