34
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ।
शुक्रबार बिहान दाङ–कपिलवस्तु सीमा क्षेत्रमा पर्ने चोरखोलामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका बस चालक ३४ वर्षीय सुमन खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।
दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

