बुद्ध एयरको जहाजसँग बंदेल ठोक्किएपछि…

by समतल अनलाइन

काठमाडौंर । नेपालगञ्ज विमानस्थलमा जहाजसँग जङ्गली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुनेक्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए ।

जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगञ्जमा ल्याण्ड हुँदै थियो ।

त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like