एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । पश्चिमी अफ्रिकाको बुर्कुना फासोमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गरेको छ ।

बुर्कुना फासोको पूर्वी क्षेत्रमा रहेको ह्याङटोउकौउरामा रहेको चर्चमा प्रवेश गरेका ती व्यक्तिले प्रार्थना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका हुन् । घटना दर्जनौं घाइते भएका छन् । गोली प्रहार लगत्तै ती व्यक्ति स्कुटर चढेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गत अक्टोबरमा पनि एक मस्जिदमा भएको आक्रमणमा १५ जना मारिएका थिए । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । एजेन्सी

 
 
  
 

You may also like