74
काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) अवकाशमा गएका छन् । एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएका हुन् । केदार मंसिर २२ गते र भीमप्रसाद बिहीबार अनिवार्य अवकाश भएका छन् । उनीहरुको अवकाशसँगै एआइजी पद रिक्त भएको छ ।
एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश भएका थिए । त्यसको केही दिनमा भीमप्रसाद ढकाल पनि अवकाश भएका हुन् । मंसिर ६ गते एआईजी बढुवा भएका केदार ढकाल प्रदेश समन्वय विभागमा कार्यरत थिए । भिमप्रसाद ढकाल मानव स्रोत विकास विभागका कार्यरत थिए ।
उनीहरु दुवै जना उमेर हदका कारण अवकाश भएका हुन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची केदार र एआईजी दीपक थापाका ब्याची ढकाल अवकास भएका हुन् ।