गुल्मीमा गुडिरहेको बसभित्र खस्यो लेदो सहितको पहिरो

by समतल अनलाइन

गुल्मी। गुल्मीमा गुडिरहेको बसभित्र लेदो सहितको पहिरो खसेको छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको हो।

रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसमा लेदो पसेर क्षति पुर्‍याएको जानकारी दिए।

 
 
  
 

You may also like