ताप्लेजुङ केन्द्र भएर भूकम्प

ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ताप्लेजुङको तापेथोक आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ ।

केन्द्रका अनुसार बुधरबा बिहान १ः४६ मा भूकम्प गएको हो । ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

 
 
  
 

You may also like