बुटवलको नरैनापुर विद्यालयको वार्षिककोत्सव सुरु

by समतल अनलाइन

बुटवल । बुटवल १६ मा रहेको नरैनापुर आधारभूत विद्यालयको ५६औं वार्षिककोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउन सुरु गरेको हो ।

बुटवल उमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालको प्रमुख आतिथ्यतामा सोमबार वार्षिकोत्सवकोे उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै उनले बुटवलमा रहेका ३९ वटा सामुदायिक विद्यालय मध्ये नरैनापुर आधारभूत विद्यालय पनि अब्बल सावित हुँदै गएको दाबी गरे । पछिल्ला शैक्षिक सत्रहरुमा नरैनापुर विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुँदै जाँदा विद्यार्थीको आकृषण बढ्दै गएको र उपमहानगपालिकाले स्थापना दिवसमा सम्मान गरेको उनले बताए । विद्यार्थीलाई अंग्रेजी र कम्प्युटरमा दक्ष बनाउन अहिलेको आवश्यकता रहेको बताउँदै खनालले उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञानप्रविधिलाई जोड दिँदै आएको बताए ।

विद्यालयका प्रधानध्यापक अम्बिका अर्याल भण्डारीले विद्यालयको वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै बालकक्षादेखि ८ कक्षासम्म पढाई हुने विद्यालयमा अहिले १५८ विद्यार्थी अध्ययनरत रहेको र प्रत्येक शैक्षिक शत्रमा विद्यार्थी भर्नामा बृद्धि हुँदै आएको जानकारी दिए । आगामी शैक्षिक सत्रमा २५५ विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको र सोही अनुसारको अंग्रेजी र कम्प्युटर माध्यमबाट पठनपाठन गरिदै आएको भण्डारीले बताईन। विद्यालयले सरकार , अभिभावक , चन्दा दाताहरुको सहयोगमा अहिले कक्षा ८ सम्मनै दिवा खाजा सञ्चालन गरेकाले विद्यार्थीको आकृषण बढ्दै गएको प्रधानध्यापक भण्डारीले जानकारी दिईन ।

विद्यालय ब्यस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बुटवल वडा नं. १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल , पुर्वअध्यक्ष रामप्रसाद रेग्मी , जग्गा दाता प्रबलमान श्रेष्ठ ,पुर्व प्रधानध्यापक विरबर प्रसाद चौधरी , साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेल , समाजसेवी भवानीप्रसाद पौडेल, विद्यार्थी सुलभ खड्का, शिक्षक प्रदीप परियार लगायतले बोल्नु भएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like