स्वास्थ्यकाे लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्घाटन प्राध्यापक सुमन भुसालले गरे ।
उद्घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गरे ।
खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ।
छात्र सटपुटतर्फ सरिन धर्ती, रिजन राना, सौगात थापा,छात्रातर्फ किवी राना,आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वितीय र तृतीय भएका छन्। १०० मिटर दौड छात्रतर्फ सरोज न्यौपाने, विवस रसाली र युरन राना त्यस्तै ४०० मिटर दौडमा युरन राना, सरोज न्यौपाने,विवश रसाली प्रथम, द्वितीय र तृतीय भएका छन् ।
एकल प्रतिष्पर्धात्मक खेलमा प्रथम हुनेलाई १ महिनाको मासिक शुल्क छुटु गरिदिने समेत संस्थाका प्राचार्य दिनेश भुसालले बताए ।
खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विद्यामा संयोजकहरू तोकिएको छ । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल ,१०० र ४००मिटर दौड संयोजकमा सुमित शर्मा ,भलिवल संयोजकमा विष्णु खनाल ,High Jump / Long Jump मा गोपाल खरेल,व्याडमिन्टनमा गोकर्ण खरेल ,टेवलटेनिसमा कमल न्यौपाने ,संयोजक रहेका छन् । त्यस बाहेक भलिबल र क्रिकेटका Quarter Final खेलहरु सञ्चाल हुदै गरेको खेल व्यवस्थापक राजकुमार पाण्डेले बताए ।