गाजा युद्धमा हालसम्म ६३ पत्रकार मारिए, ११ घाइते र तीन जना बेपत्ता

by समतल अनलाइन

गाजा । गाजा जारी हमास–इजरायलको युद्धमा ६३ सञ्चारकर्मी मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्टले संकलन गरेको तथ्याङ्क अनुसार अक्टोबर ७ यता कम्तिमा ५६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार तथा सञ्चारकर्मी मारिएका छन् । जुन युद्दमा ११ जना पत्रकार घाइते भएको, तीन बेपत्ता र १९ जना पक्राउ परेको पनि सो संस्थाले जनाएको छ ।

साथै पत्रकारहरूमाथि धेरै आक्रमण भएको, धम्की दिइएको, साइबर आक्रमण गरेको, सेन्सरसिप र उनीहरूको परिवारका सदस्यहरूको हत्या भएको तथ्यांक सार्बजनिक भएको छ । इजरायली आक्रमणमा अल जजिरामा कार्यरत मात्रै कम्तीमा चार पत्रकारले आफन्त गुमाएका छन् । सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ ।’

‘यस हृदयविदारक द्वन्द्वलाई कभर गर्नका लागि संसार भरका पत्रकारहरूले ठूलो त्याग गरिरहेका छन् । गाजामा भएकाहरूले विशेष गरी धेरै मेहनत गरेका छन र उनीहरूले सत्य तथ्य बाहिर ल्याउनका लागि अझै पनि मेहनत जारी राखेका छन्,’ उनले अगाडि भने, ‘एक अभूतपूर्व असुरक्षाका बीचमा घातीय धम्कीहरू सामना गरिरहेका छन, यसबीचमा धेरैले सहकर्मी, परिवार र मिडिया सुविधाहरू गुमाएका छन् र कुनै सुरक्षित आश्रय वा बाहिर निस्किँदा सुरक्षा खोज्दै भागेका छन् ।’ एजेन्सी

 
 
  
 

You may also like