210
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४५ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६४ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।