मिडिया एक्सन फर रोड सेफटीको संयोजकमा पत्रकार स्वस्तिक श्रेष्ठ

by समतल अनलाइन

बुटवल ।दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीको विशेष बैठकले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिव डिबि सुस्लिङ तथा सदस्यहरु दिनेश श्रेष्ठ, प्रकाश आचार्य, ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, विष्णु घिमिरे, हरिलाल बश्याल, रमेश पराजुली, अस्मिना पाण्डे, साबी अर्याल सर्वसम्मत भएका छन । यसैगरि संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाल मनोनीत गरिएको छ ।

नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरि लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताए ।

 
 
  
 

You may also like