रुपन्देही उद्योग संघमा चुनावी चहलपहल : द्वितीय उपाध्यक्षमा खत्री उद्योगीहरुका माझमा

by समतल अनलाइन

बुटवल ।रुपन्देही उद्योग संघको द्वितीय उपाध्यक्ष पदमा हरि वहादुर खत्रीले उम्मेदवारी दिएका छन् । द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हरि खत्रीले सो पदमा आफ्नो उम्मेदवारी स्वाभाविक प्रक्रिया बताउछन् ।

खत्रीले आफ्नो उम्मेदवारी उद्योगीहरुको समस्यामा साथ दिने र लड्ने लक्ष्यकासाथ भएको बताउदै अनुभव एवं जिम्मेवारीले संघको नेतृत्व गर्न अगाडी बढेको बताउछन् । पछिल्लो समयमा उद्योग व्यवसायको क्षेत्रमा देखापरेको मन्दी र त्यसबाट आएको संकटलाई सबै उद्योगीहरु मिलेर सामना गर्नु पर्ने बताउदै खत्रीले संघलाई सबैको साझा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हिजो संघको विभिन्न पदमा रहेर उद्योगीहरुको समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको र सधै उद्योगीहरुको हितमा उभिएको उनको दावी छ । खत्रीले आफुले संघमा रहदासम्म टिम वर्कमा विश्वास गरेको हुदा अगाडीका दिनमा पनि टिमको भावना अनुसार चल्ने प्रतिवद्धता जनाएका छन् ।
असोज २९ गते रुपन्देही उद्योग संघको २३ औं अधिवेशन हुन गैरहेको छ । अधिवेशनले संघको आगामी नया नेतृत्व चयन गर्दैछ । चुनावको उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएको छ र उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसार अभियानमा संघको द्वितीय उपाध्यक्ष पदमा संघका वर्तमान महासचिव हरि बहादुर खत्री उम्मेदवारी दिएर उद्योगीहरुका वीचमा पुगिरहेका छन् ।

खत्री २०६७ सालमा रुपन्देही उद्योग सघको सदस्यता लिएर उद्योगीहरुको नेतृत्व गर्न अगाडी बढेका हुन । संघको सदस्यता लिएको १ वर्षमै स–मिल बस्तुगत उपसमितिको संयोजक बनेर आफ्नो नेतृत्व क्षमता देखाउन थालेका खत्रीले संघको महासचिवसम्मको जिम्मेवारी सफलता पूर्वक पुरा गरेका छन् । यस वीचमा उनले संघमा २०७०–७४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्य, २०७४–७६ सहकोषाध्यक्ष, २०७६–७८ कोषाध्यक्ष र २०७८–८० सम्म महासचिवको जिम्मेवारी निभाएका हुन ।

खत्री उद्योग क्षेत्रमा प्रवेश कसैको प्रेरणा वा पारिवारिक विरासतबाट गरेका होइन । उनलाई अप्रत्याशित रुपमा आफ्नै सोंच र अनुभवले उद्योगी अवसर आएको बताउछन् । गुल्मीको चन्द्रकोट गाउपालिका वडा नं. ८ गेघुङमा २०३९ साल चैत्र ५ गते बुवा टिका बहादुर खत्री र माता मायादेवि खत्रीको कोखबाट जन्मीएका हरि बहादुर खत्री पठाईको सिलसिलामा रुपन्देही झरेका हुन । २०५४ सालबाट आफ्नो फुपुको घरमा बसेर रुपन्देहीको फर्साटिकर माविमा अध्ययनतर खत्रीले २०६२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए ।

२०६२ सालमा एसएलसी उत्तिर्ण गरेका हरि बहादुर खत्रीले त्यसभन्दा अगाडीदेखि नै पढाई र जागिरलाई सगै अगाडी बढाउने निधो गरेर काम गरेका हुन । त्यसैक्रममा स्थानिय रुपन्देहीको शुद्धोधन गाउपालिका–४ मा रहेको लिटिल फ्लावर माविमा एकाउन्ट र पढाउने जिम्मेवारी लिन पुगे । २०५७ देखि ६७ सालसम्म उनले सो पेशा गरेका हुन । जिवनमा पहिलो जागिरबाट बुझेको पैसा लिएर उनी भारतको नौतनवा साइकल किन्न भएर साइकल लिएर उहीबाट साइकल चलाउदै बुटवल आएका हुन । त्यो क्षण उनको जिन्दगीको सबैभन्दा खुशीको क्षण मात्र भएन उनले त्यत्तिबेला संसार जितेको अनुभूति गर्न पुगेका थिए । आज पनि उनले त्यो क्षणलाई विर्सन सक्दैनन ।

शिक्षण पेशा र एकाउन्टको जिम्मेवारी सम्हादै गर्दा सोहि विद्यालयको भवन निमार्ण भैरहेको थियो । त्यस क्रममा उनले त्यसको रेखदेख गर्ने जिम्मा पनि पाएको र आवश्यक फर्निचर, सिमेन्ट, वालुवा लगायतको व्यवसापन गर्नु पर्दथ्यो । सोहि काम गर्ने क्रममा फर्निचर(काठ)का लागि स–मिलमा लगातार जादै गर्दा उनलाई काठको काम गर्ने सोंच पलाएको बताउछन् । लगातारको स–मिल धाउदै गर्दा पलाएको सोंचलाई उनले आफ्ना तिन भाईलाई सुनाएपछि मिलेर स–मिल खोल्ने योजनाले साकार रुप लिएको खत्रीको भनाई छ । यो काम उनले शिक्षण पेशा गर्दैगर्दा नै थालेका हुन । आज त्यसले उनलाई यस क्षेत्रको एक सफल उद्योगी बनाएको छ । उनले त्यत्ति बेला नै दर्ता गरेको प्रशंसा स–मिल तथा फर्निचर उद्योग उनले निरन्तर १८ बर्षदेखि चलाउदै आएका छन् ।

उनी उद्योगी बन्ने अवस्थासम्म आइपुग्दा धेरै उतारचढाव झेल्नु परेको सुनाउछन् । आफु ५ बर्षको उमेर हुदा बुवालाई गुनाउनु परेको नमिठो अवस्था झेलेका खत्रीलाई आमाले नसकि नसकि स्कूल पढ्न पाएको बताउछन् । त्यो कुरा वाल सुलभ अवस्थामा पनि अनुभूति गरेको र २ कक्षामा पढ्दै गर्दादेखि स्कूलमा आफ्ना साथीहरुलाई चकलेट, विस्कुट, वरफ बेच्ने गरेको सुनाउछन् । कुनै पनि काम गर्न लाज नलाग्ने सानैदेखिको वानी नै आजसम्मको सफलताको सिंढी चढ्ने हतियार बनेको उनी बताउछन् ।

 

 
 
  
 

You may also like