प्रतिनिधिसभामा भदौं १२ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर, समूह–२ का सांसदले प्रश्न सोध्ने

by समतल अनलाइन

काठमाठौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भदौं १२ गते प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराएका हुन् ।

उनले यस पटकको प्रश्नोत्तरमा समूह दुईमा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिव समक्ष लिखित रूपमा दिन पनि आग्रह गरे ।

‘प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको ब्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रवार दिनको ३ बजेभित्र प्रतिनिधिसभाको सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने ब्यहोरा जानकारी गराउन चाहन्छु’, उनले भने ।

त्यसैगरी सभामुखले समिति सभापतिहरूको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

 
 
  
 

You may also like