गाउँगाउँमा पालिकाको सेवा पुर्याउन घुम्ती शिविर शुरु

by समतल अनलाइन

कञ्चन।कञ्चन गाउपालिकाले पालिकाको सेवालाई गाउ गाउमा पुर्याउन आज देखि घुम्ति शिविर संचालनको शुभारम्भ भएको छ। कञ्चन गाउपालिकाका उपाध्यक्ष मोसमी थापा मगरले वडा नं. ५ को वडा कार्यालयमा पुगेर सेवा पहुँचको शुभारम्भ गर्नु भएको हो।

घुम्ती शिवरिको शुभारम्भ गर्दै उपाध्यक्ष थापा मगरले कुनै पनि पेशा ब्यबसाय गर्ने हरेक ब्यक्तीले करको दायरामा रहेर सेवा प्रवाह तथा ब्यबसाय गर्नु उसको कर्तब्य हुने उल्लेख गर्नु भएको छ । आफ्नो अधिकारलाई सुनिश्चित गर्न आफुले लिनु पर्ने जिम्मेवारी र पुरा गर्नु पर्ने कर्तब्यलाई पनि सधै आत्मसाथ गर्नु पर्ने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले घुम्ती शिविरबाट प्राप्त सेवा प्रवाहलाई उपयोग गर्दै कुनै पनि पेशा तथा ब्यबसाय शुरु गर्नु पुर्व करको दायरामा आउनु पर्ने र पालिकामा समेत सुचिकृत भई असल नागरिक बन्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले घुम्ती शिविरलाई समेत वेवास्ता गरी ब्यबसया दर्ता, नविकरण र कर नतिर्ने जस्ता अँटेर गरेमा शिविर समाप्ती पछि हुने अनुगमनको क्रममा कुनै पनि ब्यापार ब्यबसाय गाउँपालिकामा दर्ता तथा सूचिकरण नगरी संचालन भएको पाइएमा कानुन बमोजिम ती ब्यबसाय बन्द गरी बक्यौता असुल गर्ने कार्यलाई अगाडी बढाइने समेत जानकारी दिनु भयो।

यसैगरी उपाध्यक्ष थापा मगरले शिविर अवधीमा ब्यबसाय तथा कारोवारको कर तिरेमा २ बर्ष सम्मको कर छुट गरिने कुराको समेत हरेकलाई सूचना प्रवाह गर्न आग्रह गर्नु भयो।
कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले कुनै पनि ब्यबसया वा कारोवार गर्ने ब्यक्तीले कर तिनु उसको अनिवार्य जिम्मेवारी भएको कुरा उल्लख गर्नु भयो। करको दायरामा नआई राज्यलाई कर छली गरी ब्यबसाय संचालन गर्ने ब्यक्ती राज्यको शत्रु समान हुने वडा अध्यक्ष पौडेलले बताउनु भयो। पालिकामा गएर कर तिर्ने, संस्था दर्ता वा नविकरण गर्ने झन्झटलाई सहजिकरण गर्न र कञ्चनवासीको पहुँज पालिका सम्म पुर्याउन घुम्ति शिविर संचालन गरिएको वडा अध्यक्ष पौडेलले बताउनु भयो।

बिभिन्न पेशा ब्यबसाय संचालन गरेका ब्यबसायी, संघसंस्थाका प्रतिनीधिहरु शिविरमा पुगेर ब्यबसाय दर्ता गर्ने, कर तिर्ने तथा संघ संस्थाहरुको दर्ता तथा नविकरण गर्ने सेवा लिइरहेका छन। घुम्तिी शिविरमा जेष्ठ नागरिक परिचय पत्र वितरण समेत वितरण गरिने कञ्चन गाउपालिकाले जनाएको छ। यो शिविर भदौ १३ गतेसम्मा निरन्तर संचालन हुने वडा अध्यक्ष पौडेलले जानकारी दिनु भएको छ।

 
 
  
 

You may also like