विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like