रास्वपा रूपन्देहीमा चरम विवाद

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवादले उग्ररुप लिदा कुटपिट सम्म पुगेको छ । आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेकाकार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको विषय सतहमा आएको हो ।

रास्वपा सैनामैना र्‍यापिड एक्शन टीम संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाजउठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ काक्षेत्रीय सदस्य विक्रम तिवारीलगायतको समूहले बुधवार राति पार्टी कार्यालयमा बोलाएर आफूलाई कुटपिट गरेको रउल्टै आफूविरुद्ध कुटपिटको उजुरी दिएको बताए ।

उनले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउनप्रदेश उपसभापति घिमिरे, जिल्ला संयोजक ज्ञवाली, क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्तावराखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको दाबी गरे ।

पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाएर उनीहरूको समूहले आफूमाथि आक्रमण गरेपछि आफूलेत्यसको प्रतिरक्षा मात्रै गरेको उनले बताए ।

आफूमाथि कुटपिट भए पनि पार्टी भित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरूले उल्टै आफूविरुद्ध उजुरीदिएको उनको भनाइ छ ।

भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्दा उल्टै कारवााही गर्ने रस्थापना कालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका व्यक्तिलाई तँ सदस्यनै होइनस् भनेर कुटपिटमासमेत उत्रिने नेतृत्वरहेसम्म संगठन बलियो हुन नसक्ने उनले बताए ।

 
 
  
 

You may also like