आजबाट देवदहमा मिडिया फेष्टिवल सुरु

रुपन्देहीको देवदहमा पहिलो पटक ‘मिडिया फेष्टिवल’ को तयारी गरिएको छ । भोली जेठ २४ गते भोलीदेखि २६ गतेसम्म देवदह प्रेस क्लवले पहिलो पटक मिडिया फेष्टिवल गर्न लागिएको हो । फेष्टिवलको सबै तयारी पुरा भएको देवदह प्रेस क्लवका अध्यक्ष तथा फेष्टिवलका संयोजक विष्णुप्रसाद पोखरेलले जानकारी गराउनु भयो ।

फेष्टिवलको भोली बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुहुने छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसंगै मावली देवदहमा पर्यटन विकास गर्ने लक्ष्य सहित गर्न लागिएको फेष्टिवलमा मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक, रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक तथा लेखक, पर्यटन, कृषि, सहकारी, वन, तथा कानुनका ज्ञाता, जनप्रतिनिधि तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने पनि उहाँले जानकारी गराउनु भयो ।

कोलीय गणराज्यको राजधानी गौतमबुद्धको मावली देवदहमा गर्न लागिएको यो कार्यक्रमले देवदहको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष पोखरेल बताउनु हुन्छ । तीन दिनसम्म हुने यो कार्यक्रममा फरक फरक सेसनमा मिडियाको वर्तमान अवस्था, भूमिका, बन, पर्यटन, कृषि तथा सुशासनका विषयमा छलफल गरिने देवदह मिडिया क्लवकी उपाध्यक्ष तथा फेष्टिवलकी सहसंयोजक कमला अर्यालले बताउनु भयो ।
कार्यक्रम सम्पन्न गर्नको लागि क्लवका अध्यक्ष पोखरेललाई संयोजक र उपाध्यक्ष अर्याललाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको क्लवका सचिव निर्मल थापाले जानकारी गराउनु भयो । त्यस्तै सचिव थापालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिईएको छ । फेष्टिवल सम्पन्न गर्नको लागि विभिन्न उपसमिति बनाएर सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको सचिव थापाले बताउनु भयो ।

 
 
  
 

You may also like