नमस्ते नेपालको ट्राफिक प्रहरीलाई जलपान कार्यक्रम सम्पन्न

बुटवल । सामाजिक कार्यक्रममा अग्रसर संस्था नमस्ते नेपालको ट्राफिक प्रहरीलाई जलपान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १२ औँ अधिवेशन पारी आयोजित उक्त कार्यक्रम सिद्दार्थ राजमार्ग अन्तर्गतको गोलपार्क बेलहिया सडकखण्डमा कार्यरत ट्राफिक प्रहरी लगाएत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पानी, फलफुल लगाएत फ्रुट जुस वितरण गरि सम्पन्न भएको हो ।

आइतवार विहान ११ बजेबाट सञ्चालित उक्त कार्यक्रमको गोलपार्कमा औपचारिक कार्यक्रम गरि सुरुवात गरिएको थियो । कार्यक्रममा यातायात मजदुर तथा व्यवसायी भलाई कोष प्रधान कार्यालय बुटवलका अध्यक्ष दिनेश फुलेलको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष मनिष भुसालको अध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेलको पनि उपस्थिति रहेको थियो ।

कार्यकममा बोल्दै प्रमुख अतिथी फुलेलले कारक्रम देख्दा सानो देखिए पनि यसले राष्ट्रसेवक प्रहरीलाई धेरै प्रोत्साहन गर्ने तथा यसले समाजमा राम्रो सन्देश दिने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले धुलो धुवा वर्षा र गर्मी नभनी निरन्तर सडकमा सेवामा खटिने ट्राफिक प्रहरीलाई प्रोत्साहनका निम्ति यो कार्यक्रम आयोजना गरेको बताए । “ट्राफिक प्रहरीहरू घाम,पानी,धुलो, धुवा र गर्मि नभनी हाम्रो सेवामा खटिनुहुन्छ, हामीले उहाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरेका हौँ । हाम्रो समाजले अब ट्राफिक प्रहरीलाई हेर्ने दृश्टिकोण बदल्न आवश्यक छ । उनीहरूको योगदानको कदर गर्दै सरकारबाट पनि सडकमा खटिने ट्राफिक प्रहरीको योगदानको मूल्याङ्कन गरि उचित सम्मान गर्न आवश्यक छ”, अध्यक्ष भुसालले भने ।

कार्यक्रममा गोलपार्क देखि बेलहिया सम्म कार्यरत ट्राफिक प्रहरी संगै नेपाल प्रहरी लगाएत शसस्त्र प्रहरीलाई जल तथा फ्रुट जुस एवं फलफुल वितरण गरिएको थियो भने गोपनियताको कारण उक्त कार्यक्रममा फोटो लगाएत भिडियो खिचिएको थिएन । उक्त कार्यक्रमलाई यातायात मजदुर तथा व्यवसायी भलाई कोष प्रधान कार्यालय बुटवलले समन्वय गरेको थियो ।

वि. सं २०६८ सालमा स्थापना भएको उक्त संस्थाले यस वर्ष आफ्नो १२ औँ स्थापना दिवस तिन दिने कार्यक्रम गरि मनाउदै छ । जस अन्तर्गत हिजो प्रथम दिन शंकरनगर स्वास्थ्य चौकी क्षेत्रमा वृहत सरसफाई कार्यक्रम र आज दोस्रो दिन ट्राफिक प्रहरीलाई जल वितरण कार्यक्रम सम्पन्न भएका छन भने भोली अन्तिम दिन शान्तिका दुत गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like