कांग्रेसलाई रुपान्त्रण गर्न जरुरी ः नेताहरु

रुपन्देही । नेपाली कांग्रेस पार्टिलाई सुधार गर्दै सबैको रोजाईएको पार्टि बनाउनका लागि रुपान्त्रणको खाँचो रहेको औल्याईएको छ ।
नेपाली कांगे्रस रुपान्त्रण अभियानले रुपन्देहीको भैरहवामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टि नेतृत्वको गलत कार्यशैलीका कारण पार्टि कमजोर बनेको उल्लेख गर्दै रुपान्त्रणको खाँचो रहेको औल्याएका हुन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कांग्रेसलाई रुपान्त्रण गर्दै नयाँ कांग्रेस बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले भ्रष्ट्रचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने बताउदै भ्रष्ट्रचारीको बिषयमा कोहि पनि उदार हुन जरुरी नभएको बताए ।

बर्तमान पार्टि नेतृत्वको असक्षमताका कारण पार्टिले लय समात्न नसकेको बताउदै उनीहरुले युवा नेतृत्वले हस्तक्षेप गरेरै भएपनि पार्टि नेतृत्वमा जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागि कांगे्रसका सुभेच्छुक नेता तथा कार्यत्रर्ताले नीति महाधिबेशन तथा बिषेश महाधिबेशन बोलाएरै भएपनि पार्टिलाई जोगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मधु आर्चाय, डा. गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्व केन्द्रिय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाहि, लुम्बिनी प्रदेश महामनत्री बिक्रम खनाल, पाल्पा सभापति बिरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल लगाएतले बोल्दै पार्टिलाई कुनै नेताको नीजि मामिला, घरेलु मामिला हुन दिनबाट जोगाउदै साझा मामिला बनाउनु पर्ने बताउनु भयो ।

नेपाली कांगे्रसका नेता प्रमोदकुमार यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले कांगे्रसलाई युग सापेक्ष रुपान्त्रण गर्दै लैजानका लागि अभियानको सरुवात गरिएको बताउदै सागठनिक सुशासन अभियानलाई पनि संग चलाउनु पर्नेमा जोड दिनुभयो ।

 
 
  
 

You may also like