क्यानडा पठाई दिन्छु भन्दै ५० लाख ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइ दिन्छु भन्दै ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै चार जनाबाट ५० लाख ठगी गरेको पाइएको हो ।

सिन्धुली कमलामाई नगरपालिका ४ घर भई हाल काठमाडौँ बस्दै आएका ३४ वर्षीय उद्धव नेपाललाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनले वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिक लगायतका देशहरूमा पठाइ दिन्छु भन्दै बाबुराम सापकोटासहित चार जनालाई ठगी गरेको खुलेको छ । पक्राउ परेका नेपाललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like