45
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज (आइतबार) अढाइ महिनापछि स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् ।
नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्नेछन् । गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो ।
आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि फागुन ४ मै मुम्बई लगिएको थियो ।