कुशल मल्लको शतक, ५९ बलमा ९ चौका, ९ छक्का प्रहार

बलियो टोली ओमानविरुद्ध नेपाली ब्याटरहरूले संघर्ष गरिरहेका बेला युवा ब्याटर कुशल मल्लले आक्रामक शतक प्रहार गरेका छन् ।नेपाली पारीलाई संकटबाट माथि पुर्‍याउने क्रममा मल्लले ५९ बलमा १०० रनको आँकडा पार गरेका हुन् ।
यसक्रममा उनले ९ छक्का र ९ चौका प्रहार गरे ।

यसअघि भीम सार्की ३३, आरिफ शेख २९, कप्तान रोहित पौडेल २३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको थियो ।

कुशल भुर्तेल ८ बल खेलेर खाता नखोली आउट हुँदा १० बल खेलेका आसिफ शेखले पनि रन जोड्न सकेनन् ।यो समाचार तयार पार्दा ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर २०९ रन जोडेको छ ।

खेललाई आईसीसीले एक दिवसीय मान्यता समेत दिएको छ ।

यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । ओमान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो ।

प्रतियोगितामा सहभागी १० टीमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

 
 
  
 

You may also like