आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्न नपर्ने

काठमाडौँ । आज (बिहीबार) सूर्य ग्रहण लाग्दैछ । तर आज लाग्ने सूर्य ग्रहणको सुतक भने नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपालको आकाशबाट सूर्य ग्रहण नदेखिने भएकाले यसको सुुतक नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्य ग्रहण बार्नु नपर्ने उनले बताए। तीन वटै सूर्य ग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग ्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

 
 
  
 

You may also like