प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ यूट्युव ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियो)

काठमाडौं। गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ २४ घण्टा नबित्दै युटयुवको ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

बिहीबार सार्वजनिक भएको गीत यूट्युवमा यो समाचार तयार गर्दासम्म १५ लाखले हेरिसकेको छन् । नयाँ वर्षकोपूर्व सन्ध्या पारेर सार्वजनिक भएको गीतमा सपूतको शब्द, सङ्गीत र स्वर रहेको छ । गीतमा गायक सपूतलाई सारंगी बाधक बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् ।

गीतको भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती ‘फूलमाया’ ‘सकम्बरी’को कथा समेटिएको छ । गीतको भिडियो निर्देशन गायक सपूतले गरेका हुन् ।

भिडियोमा एउटा महिलाले घर परिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । भिडियोमा कुसुम शर्मा, सुनिल थापा, हेमन्त कान्छा रसाइली, निक्स शर्मा, सरिता राजोपा ध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय रहेको छ ।

भिडियो :

 
 
  
 

You may also like