तिलोत्तमा नगरपालिकाको फोहोरमैला न्यूनिकरण पहिलो प्राथमिकतामा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोरमैला न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । तिलोत्तमाले नगर क्ष्ँेत्रमा फोहोरमैला कम गर्न र वातावरण संरक्षण गर्ने प्रतिबद्धता जनाएको हो । यूएनडीपीको सहकार्यमा अन्तर्राष्ट्रिय शून्य फोहोरमैला दिवसको अवसरमा बिहीबार नगरपालिकामा आयोजित प्रतिबद्धता कार्यक्रममा नगर प्रमुख रामकृष्ण खा“णले विभिन्न आधार मार्फत प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले फोहोरमैला न्युनिकरण तथा व्यवस्थापनबारे नागरिकलाई शिक्षित गर्ने एवं जागरुकता अभियान संचालन गर्ने, तीन आर कम प्रयोग । पुन ः प्रयोग तथा चक्रीय प्रयोग ( रिसाइकल, रियुज र रिसाइकल) को अवधारणालाई बढावा दिई फोहोरमैलाको उत्पादन कम गर्ने, घर , व्यवसाय र उद्योगबाट उत्सर्जित फोहोरमैलाको श्रोत, वर्गाीकरण र कम्पोष्ट गर्ने अभ्यास लागु गर्ने, फोहोरको उचित व्यवस्थापन सुनिश्चित गर्न प्रभावकारी फोहोर संकलन र ढुवानी प्रणाली लागु गर्ने, फोहोर उत्पादन क मगर्न वातावरणमैत्री उत्पादन र प्याकेजिङ सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने बताए ।

नगर प्रमुख खांणले नगरले दैनिक २८ टन फोहोर उत्पादन गर्ने तथा यसले हरियाली, वनजंगल र वस्तीमा असर गर्ने कुरा सबैलाई विधिवत भएको बताए ।
कार्यक्रममा नगरपालीकका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जिरो वेस्ट नगरको लक्ष्य भएकले यसलाई पुरा गर्न पालीकामा फाहोर प्रशेधन केन्द्रस्थापना, गुट्खा प्रतिबन्ध, नो हर्न नगरपालीका, छाडा चौपाया व्यवस्थापन , २४ वटा बायो शौचालय, हरियाली प्रवद्र्धन कार्याक्रम, जन्मदिनमा वृक्षारोपण शान्त शहर, तिलोत्तमा नगरको विधी अपनँइरहेको बताए ।

युएनडिपीका लुम्बिनी प्रदेश संयोजक सुदिप अर्यालले देशमै यो दिवसमा प्रतिबद्धता व्यक्त गर्ने तिलोत्तमा नगरपालीका पहिलो भएको बताए । उनले तिलोत्तमाले वातावारण संरक्षणमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै आफुहरुले कार्यक्रम ल्याउंदा प्रभावकारी भइरहेको जनाए । अन्तर्राष्ट्रिय मानयता अनुसारकै फोहोरमैले व्यवस्थापनमा नगर अब्बल बनिरहेको छ, उनले भने, यसको निरन्तरताका लागि प्रतिबद्ध भएकामा पालीकालाई थप सहयोग गर्दै अघि बढ्नेछौं।

 
 
  
 

You may also like