२०८० सालमा जम्मा ३५ दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले २०८० सालमा ३५ दिन मुलुकभर सार्वजनिक दिने भएको छ । २०८० को वैशाख १ देखि चैत मसान्तसम्म जम्मा ३५ दिन सार्वजनिक बिदा दिइने भएको हो ।

गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार शनिबार, विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी वर्षभरि जम्मा ३५ दिन सार्वजनिक बिदा हुने भएको हो । जसमा सबैभन्दा लामो बिदा दसैँमा ६ दिन र तिहारमा ५ दिन हुनेछ ।

 
 
  
 

You may also like