गैडहवाका अध्यक्ष पौडेलद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

गैडहवा। रुपन्देहीको गैडहवा गाउँपालिका वाड न १ मा रहेको धौलागिरी आधारभुत प्राथमिक बिद्यालयमा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।

गरिव दुखी जेहेन्दार दलित अल्पसंख्यक बिद्यार्थीहरुलाई बिद्यालयमा लगाईने ड्रेस स्टेसनरी कपि कलम ज्यामिती बक्स लगयत सामाग्री वितरण गरेको बताइएको छ।कार्यक्रममा बिद्यालयका भर्ना भएका बिद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरिएको हो, कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बच्चाहरुलाई ड्रेस कापी कलम नहुदा कस्तो समस्या हुन्छ भन्ने आफुलाई राम्रो संग थाहा रहेकोले आफ्नो जन्मदिनमा बिद्यार्थीहरुलाई ड्रेस स्टेसनरी उपलब्ध गराउन पाउँदा नया अनुभव आफैलाइ लागेको र जन्मदिन अब आफुले यसैगरी मनाउने बताउदै बिद्यार्थीको उज्ज्वल भविस्य को कामना गर्नु भयो।

कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक सीता गौतमले बिद्यालयलाई सम्झेर आउनु भएकोमा गाउँपालिका अध्यक्षलाई धन्यवाद दिदै ड्रेस र स्टेसनरीले बिद्यार्थीहरुलाई पढाइमा ठुलो सहयोग पुग्ने बताउनु भयो। कार्यक्रममा वाड सदस्य राम नरेस सिंह कुर्मी, समाजसेवि टेक नारायण पौडेल लगायतले गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेललाई जन्मदिनको शुभकामना दिदै गैडहवा रहेको धौलागिरी प्राथमिक बिद्यालयमा जन्मदिन मनाउन आएकोमा धन्यवाद दिदै सहयोग लागि अनुरोध गर्नु भयो।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष निसर मुसलमानले गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल नया र नौलो तरिकाले जन्मदिन मनाएर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद दिनु भयो। कार्यक्रम सन्चलान रमेस जि सिले गर्नु भएको छ।

 
 
  
 

You may also like