युएईविरुद्ध नेपालको शानदार जित, जोगायो एक दिवसीय मान्यता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई श्रृंखलामा नेपालद्वारा युएई १७७ रनले पराजित भएको छ ।
जितसँगै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ भने आईसीसी विश्वकप क्रिकेट लिग–टूका बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो । यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । त्यस्तै आश्वान्तभाल थापाले १७ रन बनाउँदा कार्तीके माइपानले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललित नारायण राजवंसीले पाँच विकेट लिए । उनले ७ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर दुई मेडन ओभर फाले ।

त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए । जितसँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालले ३४ खेलमा ३६ अंक जोडेको छ । पराजित यूएईले ३४ खेलबाट ३१ अक जोडेको छ । अब नेपालले बाँकी दुई खेलमा जित निकाले सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।

 
 
  
 

You may also like