विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ५६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ९७ पैसा र बिक्री दर १५७ रूपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like