बालिकाको हत्या आरोपमा महिला झाँक्री पक्राउ

बुटवल । झारफुकको बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा एक महिला झाँक्री पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० बेमतेनी बस्ने २२ वर्षीय सोनिया रेश्मी रहेकी प्रहरीले जनाएको छ । रेश्मीले झारफुक गर्ने बहानामा २० फागुनमा सैनामैना–१० झिमझिमे बस्ने १४ वर्षीय सीता ज्ञवालीलाई कुटपिट गरेर हत्या गरेको प्रहरीको आरोप छ ।

कुटपिटबाट २० गते राति सीताको मृत्यु भएको र शवलाई राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like