यू–१९ एसिया छनोटमा नेपाल आज मलेसियासँग खेल्दै

by समतल अनलाइन

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा आज (मंगलबार) नेपालले मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ ।

नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ भने मलेसिया चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

नेपाल ३ खेलमा ६ अंकका साथ नेट रन रेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

 
 
  
 

You may also like