61
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ २७ पैसा र बिक्री दर १३२ रूपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ६३ पैसा र बिक्री दर १४१ रूपैयाँ २७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८५ पैसा र बिक्री दर १६० रूपैयाँ ५७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।