पाल्पामा ससुराली गएका सुवेदी मृत फेला

by समतल अनलाइन

बुटवल । पाल्पामा ससुराली गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।पाल्पाको रिब्दिकोट गाउँपालिका-४ भार्कोट स्थायी घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ बस्दै आएका ४५ वर्षीय थानेश्वर सुवेदी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रवक्ता थापाका अनुसार सुवेदी गएको शुक्रवार श्रीमती कोपिलासँगै रिब्दिकोट गाउँपालिका-४ भार्कोटस्थित ससुरालीमा पुगेका थिए। शनिवार बेलुका खाना खाई सुतेका उनी आइतवार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

आइतवार बिहान साढे ६ बजेको समयमा चिया पिउनको लागि उठाउन जाँदा सुतेकै ठाउँमा मृत अवस्थामा आफूले देखेको श्रीमती कोपिलाले प्रहरीलाई बताएकी छिन्। प्रारम्भिक अनुसन्धान पश्चात शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको र घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like