तिनाउ बोर्डिङमा विविध खेल सम्पन्न,शुक्रबार सम्मान तथा पुरस्कार वितरण गरिने

by समतल अनलाइन

बुटवल । बुटवल देविनगरस्थित तिनाउ बोर्डिङ स्कुलको खेल महोत्सवमा लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर(८,९,१०)तर्फ को छात्रा कबड्डी खेलमा कक्षा ९ का रन्जना गाहा, स्नेहा मगर, रेजिना बि सि, अस्मिना भण्डारी, किर्मिका सुनार , प्रकृति कार्की, प्रज्ञा कठायत, शृजना बुढाथोकी युरि पुन समूह प्रथम भएको छ भने कक्षा १० का करिस्मा कार्की मुस्कान खत्री, रोस्नी बस्नेत, खोदैजा बानु, स्मारिका डम्बरपाल, बिनिता चितौरे, सबिता सुनार, अनुस्का खड्का ओजस्वी श्रेष्ठको समूह द्वितीय भएको छ।

त्यसैगरी कक्षा ८ र ९ का भुमिका सारु, सृष्टि के .सि ,भुमिका के सि आस्मा श्रेष्ठ, शिला सुनार, प्रतीक्षा अदै ,आइश्का थापा, निस्मा मनान्सु ,बसन्ति राना को समूह तृतीय भयो।छात्रा तर्फको रिले दौडमा कक्षा ९ का बिकास गहतराज, आयुस सुनार, अभिषेक डम्बरपाल, सुजन राना को समूह प्रथम भएको छ भने कक्षा ९ कै बिबस बि क ,ओमन खाम्चा, सुगम बि क, सक्षम पङेनी को समूह द्वितीय र कक्षा ८ का सजिछ बुढाथोकी समीर कार्की, हरिओम क्षेत्री सागर नेपालको समूह तृतीय भएको छ।

त्यसैगरि सिनियर तर्फ (८,९,१०)क्रीकेट खेलमा कक्षा ९ को निस्चल रुचाल, ऋषि बि क, सफल परियार, कुशल पाण्डे,युजन सारु प्रबिन बज्राचार्य, अभिषेक रसाइली,प्रतीक पौडेल, सुजन राना, प्रत्युस बश्याल, आकास पुलामी, सुलभ तिवरी, विशेष बैदाली को समूह प्रथम तथा कक्षा १० का रिजन पौडेल, बिजन ढकाल, गौरब ज्ञवालि, समीर बम्रेल,पवन थापा, मल्दिप थापा एन्जल राना, आदित थापा सुज्यन थापा, निरज थापा अभिषेक ज्ञवाली,रिदम के सि अनिश थापा को समूह द्वितीय भयो।जुनियर (५,६,७) छात्रा तर्फको ब्याडमिन्टन खेलमा कक्षा ७ का अनुप जङ थापा प्रथम कक्षा ५ का बिश्वास बि क द्वितीय र इशान भट्टराई कक्षा ६ का तृतीय भय। सोही समूह अन्तर्गत खेलाइएको स्लो साईकल दौडमा छात्रा तर्फ कक्षा ७ का निर्देश महत प्रथम कक्षा ६ का आयुश कारक द्वितीय र कक्षा ५ का मिलन राना तृतीय भएका छन् ।

त्यसैगरि छात्रा तर्फको सोही खेलमा कक्षा ७ कि सन्जना घर्ति मगर प्रथम सोही कक्षा कि स्नेहा थामी मगर द्वितीय र प्रिया कार्की सोही कक्षा कि तृतीय भइन।

जुनियर (२,३,४) तर्फ खेलाइएको चित्रकला प्रतियोगितामा छात्र तर्फ कक्षा ३ का ज्याकसन दुदराज प्रथम कक्षा ४ का युनिश बकबाल द्वितीय र सुपृम थापा कक्षा २ का तृतीय भए। आजै सम्पन्न सोही खेलमा छात्रा तर्फ कक्षा ३ कि करिश्मा घर्ती पुन प्रथम कक्षा ४ कि प्रियान्सु राना द्वितीय र सम्पदा थापा कक्षा २ कि तृतीय भइन। सोही समूह अन्तर्गत खेलाइएको गणितीय दौडमा कक्षा ४ का प्रसिद्ध आचार्य प्रथम कक्षा ४ कै अपेक्षा भण्डारी द्वितीय र कक्षा २ का प्रतीक कार्की तृतीय भए।

माघ २७ बाट चलिरहेको तिनाउ खेल महोत्सवको बिहिवार अन्तिम दिन सम्पुर्ण खेल सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ।

खेल सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई बिद्यालयकी प्राचार्य सीता पाण्डेले धन्यवाद ज्ञापन गर्नुभयो तथा बिद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले भोलि फागुन ५ गते मेडल तथा प्रमाणपत्र बितरण गरिने जानकारी दिनुभयो।

 
 
  
 

You may also like