गरिबी हटाउनु कर्णालीको मुख्य चुनौती : मुख्यमन्त्री शर्मा

by समतल अनलाइन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको बाटोमा रहेको बताएका छन् । । कर्णालीलाई समृद्ध बनाउन निकै चुनौती भए पनि त्यो पूरा गरेरै छाड्ने उनले बताए ।

नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमले सदरमुकाम मुसीकोट खलङ्गामा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताए ।
आफूले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार बेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्तारक्षर गरेको मुख्यमन्त्री शर्माले बताए । रोजगारीसँग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले स्पस्ट पारे ।

‘हामीले गरिबी अन्त्य गर्ने भनेका छौँ, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौँ ।’ विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि मुख्यमन्त्री शर्माले बताए । बर्दियाको भुरिगाउँदेखि चीनको सिमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी गराए ।

लुम्बिनी प्रदेशदेखि चीनको सिमानासम्म सडक जोडेर कर्णाली प्रदेशलाई सुगम बनाउन व्यवस्थित सडक बनाउने, कर्णाली करिडोर र भेरी करिडोरलाई डोल्पाको धोसम्म पु¥याउने, मध्यपहाडी लोकमार्गलाई टनेलबाट जुम्ला पु¥याउने, राप्ती राजमार्गलाई रुकुम पश्चिमको छरेवगरसम्म व्यवस्थित गर्ने र लुम्बिनीदेखि रारा जोड्ने योजनालाई प्राथमिकता दिइएको मुख्यमन्त्री शर्माले उल्लेख गरे ।

कर्णालीमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता अझै आइनसकेको समेत उनले बताए । मानव सूचकाङ्कमा पछाडि परेको कर्णालीलाई माथि उठाउन सङ्घीयता व्यवहारमै लागू हुनुपर्ने भनाइ उनको छ । साधन स्रोतका आधारमा कर्णाली निकै सम्पन्न भए पनि त्यसको परिचालन सहीरुपमा हुन नसक्दा कर्णालीले लाभ लिन नसकिरहेको उनको बुझाइ छ ।

 
 
  
 

You may also like