उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

by समतल अनलाइन

बुटवल । रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्धारा स्थापित उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ पत्रकार केसीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले केसीलाई छनौट गरि सिफारिस गरेको थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको सचिव विनोद परियारले जानकारी गराउनु भयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका केसी लुम्बिनी दैनिकका सम्पादक हुनु हुन्छ । महासंघले पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईको संयोजकत्वमा पत्रकार दामोदर खनाल र रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा सदस्य रहेको मूल्यांकन समिति गठन गरेको थियो ।

 
 
  
 

You may also like