युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्केर लगाए आगो : बच्चाको मृत्यु, आमाको उपचार हुँदै

by समतल अनलाइन

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई पेट्रोल खन्याएर आगो लगाएका छन् । कोहलपुर–१ शक्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको गए राति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको हो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार हुँदैछ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।

 
 
  
 

You may also like